
१२ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाइँदैछ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो छ ।
आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् । आजकाे दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ ।
साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरुले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
स्वयम्भूस्थित सरस्वती मन्दिर क्षेत्रका तस्वीर
प्रतिक्रिया 4