
१२ माघ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी छन् ।
नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।
यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । उनलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।
माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकताको विषय बैठकको एजेण्डा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4