
१२ माघ, हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।
यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4