+

क्रिकेट विश्वकप लिग २ : नेपालमा खेल्न आउने स्कटल्याण्डको टिम घोषणा

२०७९ माघ  १३ गते ९:१५ २०७९ माघ १३ गते ९:१५
क्रिकेट विश्वकप लिग २ : नेपालमा खेल्न आउने स्कटल्याण्डको टिम घोषणा

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी फेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ ।

रिची बेरिङटनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा दुई नयाँ अनुहार समावेश छन् भने पछिल्लो पटक लिग २ का बेला नामिबिया भ्रमणमा गएका एड्रीएल नेइल टिममा छैनन् ।

युवा खेलाडी ज्याक जर्भिस पहिलो पटक टिममा हटाउँदा लिएन नेयलरलाई डेभलपमेन्ट प्लेयरको रुपमा टिममा राखिएको क्रिकेट स्कटल्याण्डले जनाएको छ ।

प्रशिक्षक शान बर्जरका लागि स्कटल्याण्डको प्रशिक्षकको रुपमा यो अन्तिम टुर हुनेछ । यस पछि उनी समरसेटको ब्याटिङ र सहायक प्रशिक्षकको भूमिकामा देखिनेछन् ।

नेपालमा हुने शृंखलामा नेपाल र स्कटल्याण्डसहित नामिबिया समावेश हुनेछन् । हरेकले चार-चार ओडिआई खेल खेल्नेछन् ।

शृंखलाका लागि नामिबिया र नेपालले टिम घोषणा गरेको छैन । नेपाल त प्रशिक्षक विहिन अवस्थामा छ । नेपाल क्रिकेट संघले अझै मुख्य प्रशिक्षक नियुक्त गरेको छैन ।

स्कटल्याण्ड लिग २ मा आफ्नो अन्तिम शृंखला खेल्दैछ । ३२ खेल खेल्दै ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको स्कटल्याण्ड आईसीसी ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ ।

नेपाल भने २४ खेलबाट १८ अंकसहित सात टिम मध्ये छैटौं स्थानमा छ । नामिबिया ३० खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ ।

स्कटल्याण्डको टिम

रिची बेरिङटन (कप्तान), काएल कोएथ्जर, म्याट क्रस (उपकप्तान), क्रिस ग्रिभ्स, ज्याक जर्भिस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्रिड, ब्रान्डन म्याकमुलेन, जर्ज मुनसे, लियम नेयलर, सफयान शरिफ, क्रिस सोल, हम्जा ताहिर, मार्क वाट ।

विश्वकप लिग २ स्कटल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय