+
+

सूचना वर्गीकरणप्रति प्रधानमन्त्रीको चासो, बोलाए छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १६:५५

१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने भएका छन् ।

मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै छलफल गर्न लागेका हुन् । सूचना वर्गीकरणका विषयमा व्यक्त भएका चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

आइतबार कांग्रेसका नेता शेखर काइरालाले संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र, नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक भएको भन्दै त्यसलाई कमजोर बनाउने गरी सूचना वर्गीकरण गरिएको भन्दै सामाजिक सञ्जालबाटै आलोचना गरेका थिए ।

‘सरकारले यो हक र यससम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी निर्णय गरेकोमा खेद प्रकट गर्दछु । अबिलम्व यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?