
१५ माघ, धनगढी । दार्चुलामा प्रहरीले पेस्तोल भन्दै बरामद गरेको वस्तु नक्कली भएको पुष्टि भएको छ । शनिबार बेलुकी प्रहरीले महाकाली नगरपालिका–९ को सकार खेल मैदानबाट १५ वर्षीय किशोरको साथबाट पेस्तोल भन्दै बरामद गरेको वस्तु नक्कली भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक जगतगाहा मगरले शनिबार स्थानीय खेलमैदानमा किशोरहरुबीच विवाद हुँदा ती किशोरले पेस्तोल भन्दै देखाएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
तर उनीसँग भएको वस्तु पेस्तोल नभएर बालबालिकाले प्रयोग गर्ने खेलौना अर्थात् बजारमा सहजै पाइने एयर गन भएको खुलेको प्रहरी निरीक्षक मगरले बताए । पेस्तोल नभएको पुष्टि भएपछि किशोरलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
‘शनिबार स्कुले विद्यार्थीहरुको विवाद हुँदा ती किशोरले पेस्तोल देखाएको भनेर हामीलाई खबर आएको थियो । हेर्दा पेस्तोल जस्तै देखिने वस्तु भएकाले तत्काल नियन्त्रणमा लिएका थियौं’, मगरले भने, ‘तर अनुसन्धान गर्दा उक्त वस्तु पेस्तोल नभएर खेलौना रहेछ । त्यो ‘एयर पेस्तोल’ पनि भन्दा रहेछन् । अहिले किशोरलाई अभिभावकको जिम्मा लगाइएको छ ।’
प्रतिक्रिया 4