
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् ।
मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।
गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।
महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।
केही ठाउँमा काम रोकिन थालेपछि बालेनले गृहमन्त्री भइसकेपछि रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4