+
+

समाजवादी विद्यार्थी युनियनको माग– स्ववियु निर्वाचन पूर्ण समानुपातिक गर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:३७

माघ १६, काठमाडौँ । समाजवादी विद्यार्थी युनियनले चैत ५ मा हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा लागु गर्ने सम्झौता लागु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ । युनियनले विगतमा विद्यार्थी संगठनहरूसँग त्रिभुवन विश्वविद्यालयले गरेको सम्झौता लागु गर्दै चुनाव समानुपातिक प्रणालीमै गर्न माग गरेको हाे ।

त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले यस बिषयमा आफू सकारात्मक रहेको भन्दै उपकुलपतिसँग चाँडै छलफल गर्ने र निकास दिने बताएका छन् ।

०६५ सालमा त्रिविले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन लगायतसँग अर्को पटक हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लागु गर्ने सहमति गरेको थियो ।

मिनी संसद् निर्वाचनको रूपमा चिनिने स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने त्रिविले घोषणा गरिसकेको छ । समाजवादी विद्यार्थी युनियनका सचिव शेरिहाङ लिङ्देनले देशको संसदीय निर्वाचन नै समानुपातिक समावेशी निर्वाचन प्रणाली अपनाई सकेको अवस्थामा यसभन्दा पछि हटेर गरिने स्ववियु चुनाव गरिए आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?