
१६ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गर्ने ‘सीएनआई कोशी एक्स्पो २०२३’ मा ३७० वटा स्टल राखिने भएको छ । आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै स्वदेशी तथा विदेशी गरी ३७० वटा स्टल रहने जानकारी दिएको हो ।
१९-२८ माघसम्म सञ्चालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । एक्स्पोमा करिब तीन करोड खर्च हुने सीएनआईका प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिइने उनले बताए ।
एक्स्पोमा नेपालमा चर्चित ब्याण्डहरुको प्रस्तुति समेत रहने छ । एक्स्पोमा राजु लामा, सविन राई, अभया सुब्बा एकदेव लिम्बु, नितेशजंग कुँवर, समीर श्रेष्ठलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4