
काठमाडौं । लक्ष्मी बैंकले ललितपुर महानगरपालिका–२८ स्थित हात्तीवनमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४४औं शाखाको रुपमा हात्तीवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।
यस नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4