
२० माघ, काठमाडौं। हवाई उड्डयन सम्बन्धी अहिलेको व्यवस्थाको परिमार्जन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
बारम्बार भएको हवाई दुर्घटनाले नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई यातायात सुरक्षित बनाउनुपर्ने माग राखी रिट निवेदन दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदनमा विशेषज्ञ सम्मिलित उच्चस्तरिय समिती गठन गरी अहिलेको कानून, नियम र सुरक्षा मापदण्डको पुनरावलोकन गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।
साथै उनले आईकाओको मापदण्ड पालना भए/नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्न र हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरेका छन् ।
अनि सेवा प्रवाह गर्ने र निगमन गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई व्यवस्थापन गरेर छुट्टाछुट्टै संयन्त्र बनाउन समेत रिट निवेदनमा माग गरिएको छ ।
प्रतिक्रिया 4