२२ माघ, काठमाडौं । लिओनल मेसी र अच्रफ हाकिमीको गोलमा फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मनेल (पीएसजी) टुलुसमाथि २-१ को पुनरागमन जित निकालेको हो ।
अंकतालिकाको मध्यतिर रहेको टुलुसले ब्रान्को भान डेन बुमेनको गोलमा २०औं मिनेटमा आश्चर्यजनक रुपमा अग्रता लिएको थियो ।
तर लामो समय टिकेन । पीएसजीका हाकिमीले ३८औं मिनेटमा गोल गर्दा हाफ टाइम अघि नै खेल बराबरीमा ल्याए ।
त्यसपछि मेसीले ५८औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाउँदै जितसम्म पुर्याए । यस सिजनमा लिगमा मेसीको यो दशौँ गोल हो भने समग्रमा १५औं गोल हो ।
घाइते खेलाडीद्वय किलिएन एमबाप्पे र रनेमार बिनै पीएसजी मैदान उत्रिएको थियो ।
यस जितपछि पीएसजीक २२ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा आसिन छ । दोस्रो स्थानको मरासेमाथि पीएसजीले ८ अंकको अग्रता बनाएको छ ।
प्रतिक्रिया 4