
२२ माघ, काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले बोल्ने क्रममा नेपाली कांग्रेस सत्तारुढ दल बन्न खोजेको भन्दै आलोचना गरेका छन् ।
ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकराी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।
‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’ उनले भने ।
ओलीले भने खतिवडामाथि नै ब्यंग्य गरे । यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर वेल घेरेको भन्दै ओलीले भने, ‘उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।’
प्रतिक्रिया 4