+

शेरबहादुर खड्का स्मृति भलिबलको उपाधि न्यू डायमण्डलाई

२०७९ माघ  २४ गते १८:०८ २०७९ माघ २४ गते १८:०८
शेरबहादुर खड्का स्मृति भलिबलको उपाधि न्यू डायमण्डलाई

२४ माघ, काठमाडौं । एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै न्यू डायमण्ड एकेडेमीले शेरबहादुर खड्का स्मृति भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको प्रतियोगितामा एपीएफलाई न्यू डायमण्डले २८–२६, २५–२२, १९–२५,२६–२४,१५–९ को नतिजा निकाल्दै प्रतियोगिता जितेको हो ।

उपाधि विजेता न्यू डायमण्ड प्रतियोगितामा अपराजित रह्यो ।

यसअघि लिग चरणमा समेत न्यू डायमण्डले एपीएफलाई हराएको थियो । प्रतियोगितामा समान २ खेलमा जित हात पार्दै न्यू डायमण्ड र एपीएफले फाइनल खेलमा स्थान बनाएका थिए ।

उपाधिसँगै न्यू डायमण्डले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले १ लाख ५० हजार प्राप्त गरेको छ भने तेस्रो बनेको नेपाल पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मंगलबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको हो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ४ टोलीको सहभागिता थियो ।

महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय