+

डोमेनिको टेडेस्को बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त

२०७९ माघ  २५ गते १५:१४ २०७९ माघ २५ गते १५:१४
डोमेनिको टेडेस्को बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त

२५ माघ, काठमाडौं । डोमेनिको टेडेस्को बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

जर्मन क्लब आरबी लाइपजिगका पूर्व प्रशिक्षक टेडेस्कोलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको बेल्जियन फुटबल संघले बुधबार जनाएको छ ।

३७ वर्षीय टेडेस्कोले पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी पाएका हुन् । यसअघि उनले साल्का र स्पार्टाक मस्कोमा समेत प्रशिक्षकको रुपमा काम गरेका थिए ।

टेडेस्कोले २०२४ को युरो च्याम्पियनसिपसम्मका लागि सम्झौता गरेको बीबीसीले जनाएको छ ।

उनले अब रोबर्टो मार्टिनेसको स्थान लिनेछन् । कतार विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले पद छाडेका थिए । बेल्जियमको प्रशिक्षक बन्न पाउनु ठूलो सम्मान रहेको टेडेस्कोले बताएका छन् ।

‘बेल्जियमको मुख्य प्रशिक्षक बन्नु ठूलो सम्मान हो’, टेडेस्कोले प्रशिक्षक नियुक्त भएपछि भने, ‘म यस कामका लागि उत्साहित छु ।’

टेडेस्कोको प्रशिक्षणमा बेल्जियमले पहिलो खेल युरो २०२४ छनोट अन्तर्गत मार्च २४ मा स्वीडेन विरुद्ध खेल्ने छ ।

डोमेनिको टेडेस्को बेल्जियम टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय