+
+

‘ह्रस्वदीर्घ’को छायांकन सेटबाट बाहिरियो रविन्द्र, ब्रह्‍मानन्दम् र अलीको क्यारेक्टर लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १६:११

काठमाडौं । भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फिल्म ‘ह्रस्वदीर्घ’को बुधबार तेस्रो दिनको छायांकन भइरहेको छ । नीता ढुंगाना निर्मात्री रहेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकन सेटबाट ताजा तस्वीर बाहिरिएको छ, जसले फिल्मका प्रमुख पात्रको ‘क्यारेक्टर लुक्स’बारे बताउँछ ।

जुन तस्वीरमा नेपाली अभिनेता रविन्द्र झा भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँग देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्था र धोती लगाएर प्रस्तुत भएका छन् भने अलि राजस्थानी लुक्समा देखिएका छन् । रविन्द्र पण्डितको लुक्समा देखिएका छन् । यी तीन चरित्रको यो लुक्सले फिल्मको पात्रबारे खुलासा गर्छ । पहिलो दिन नेपाली अभिनेता र अलीको दृश्यसँगै फिल्मको छायांकन सुरु भएको थियो ।

१२ दिनसम्म रामोजी स्टुडियो र त्यसपछि आग्रास्थित ताजमहलमा फिल्म छायांकनको तयारी छ । त्यसपछि नेपालमा अर्को चरणको छायांकन हुने नीताले बताइन् । सुटिङ सुरु भएको दिनमा सेटमा उपस्थित भएका भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँगको तस्वीर नीताले सार्वजनिक गरेकी छन् ।

युवायुवतीको प्रेमलाई विम्ब बनाएर कथावस्तु बुनिएको फिल्ममा नेपाली कलाकारहरु सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रा लगायतको अभिनय हुनेछ । मुख्य भूमिकामा स्वयं नीता पनि हुनेछिन् । फिल्मलाई नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?