+
+

हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १९:१३

२५ माघ, काठमाडौं। सर्वोच्च अदालतले हवाई यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधबार उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले २० माघमा दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्ज गर्न माग गरिएको छ ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्ययमान कानुन, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्न गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड पालना भए/नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेट रिट निवेदनमा माग गरिएको छ । साथै हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?