+
+

१८८ वर्षका बेहुला बेहुलीले झ्याइँ पारे

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २२ गते १५:४६

३० वर्षसम्म माया पिरतीमा रोमान्स गरेपछि अन्ततः डाँडापारिको जुन बनेका ती वयोवृद्ध जोडीको लगन जुरेको छ । उनीहरु मध्ये बेहुलाको उमेर ९८ वर्ष छ भने बेहुलीको ९० वर्ष । अर्थात बेहुला बेहुली दुबैको उमेर जोड्दा १८८ वर्ष । तन बुढो भएपनि मन तरुनै हुन्छ भन्ने उखानलाई सत्य सावित गर्दै प्राणपखेरु उड्न लागेको यो जोडी ढुकुरले अन्ततः एउटै गुँडमा प्राण त्याग्ने निधो गर्यो ।

old

दोश्रो विश्वयुद्धमा समेत बेलायती सेनाको तर्फाट लडेका ९८ वर्षे यी बेलायती तन्नेरी टेड पार्सन ले विधवा जिवन बिताइरहेकी ९० वर्षकी जिन रिडको हात थामेका छन् । सन् १९८० को दशकमा ५० वर्षकी आफ्नी अर्धांगिनीको निधन भएपछि टेडले सोही बेलानै विधुवा बनेकी जिनलाई ताकेका रहेछन् ।

उनले केही समयपछि जिनसामु प्रेम प्रस्ताव राखे र जिनले पनि स्विकार गरेपछि उनीहरु पछिल्लो २० वर्षदेखि लिभिङ टुगेदरमा थिए । सँगै बसेपनि उनीहरु बीच विवाह भने भएको थिएन । अन्ततः उनीहरुले एक भव्य समारोहबीच परिवारका अन्य सदस्य र साथीहरुको उपस्थितिमा विवाह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?