+
+

मिसन ग्रासरुट अभियान चलाउने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १८:२७

२६ माघ, काठमाडौं । नेकपा एमालेले संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले फागुन र चैतमा अभियान चलाउने निर्णय गरेको हो ।

५ फागुनमा सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट अभियान सुरु गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले अघि भने, ‘यसले पार्टी नयाँ गतिका साथ अघि बढ्ने विश्वास लिएका छौं ।’

उपमहासचिव ज्ञवालीका अनुसार अभियानमा सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइने छ ।

उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?