
२६ माघ, काठमाडौं । चोभार सुख्खा बन्दरगाहले बुधबारदेखि आन्तरिक टर्मीनल पनि सञ्चालनमा ल्याएको छ । बन्दरगाह सञ्चालन गर्ने कम्पनी इन्टर मोडल यातायात विकास समिति सञ्चालक समिति बैठकले आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरेको हो ।
सुख्खा बन्दरगाह सञ्चालनमा आएको १० महिनापछि आन्तरिक टर्मिनल (आन्तरिक आयात/निर्यात क्षेत्र) सञ्चालन गर्ने अवस्थामा पुगिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । अब मुलुकभरबाट काठमाडौं आउने मालबाहक सवारी साधनका लागि लोडिङ, अनलोडिङ, पार्किङ र गोदामको व्यवस्थापन बन्दरगाहबाट हुने गजुरेलले जानकारी दिए ।
‘बन्दरगाहमा २०७८ चैतदेखि एक्जिम टर्मिनल सञ्चालनमा आएको थियो,’ गजुरेलले भने, ‘अब, आन्तरिक टर्मिनल पनि सञ्चालनमा आएको छ । आन्तरिक मालबाहक सवारी साधन व्यवस्थापनमा यसले ठूलो सहयोग पुर्याउने छ ।’
समितिकाअनुसार आन्तरिक टर्मिनलमा १५० वटा सवारी साधनका लागि पार्किङ क्षमता छ । एउटा गोदाम घर र ८० मेट्रिकटन क्षमताको नाप तौल तथा लोड अनलोड सेड टर्मिनल उपलब्ध छ । टर्मिनलमा प्रवेश शुल्क निःशुल्क छ भने अन्य शुल्क पनि निकै न्यून रहेको समितिले जनाएको छ । नयाँ टर्मिनलमा १० टनसम्मका कन्टेनर र ट्रकका लागि ५ वर्षसम्म लोडिङ/अनलोडिङ उदेश्यका लागि निःशुल्क गरिएको छ ।
यस्तो छ स्वीकृत शुल्कः
प्रतिक्रिया 4