+

करातेको पहिलो दिन पुलिसलाई ३ स्वर्ण

२०७९ माघ  २६ गते १९:४१ २०७९ माघ २६ गते १९:४१
करातेको पहिलो दिन पुलिसलाई ३ स्वर्ण

२६ माघ, काठमाडौं । दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले ३ तथा एपीएफ क्लबले २ स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो ।

कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितिन् । पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन् । एपीएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राईले कास्य पदक जिते ।

महिला एकल कातामा कर्णालीकी एलिशा रोसिका मगरले रजत तथा बागमतकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते । महिला टिम कातामा आर्मीले रजत तथा एपीएफ र बागमतीले रजत पदक जिते ।

पुरुषतर्फ एपीएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उनी सम्मिलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमती रेहान जाभेद र आर्मीका विजय लिम्बुले कास्य पदक जिते ।

गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता छ ।

माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, सशस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १) महिला

टिम काता

स्वर्ण – पुलिस रजत – त्रिभुवन आर्मी क्लब कास्य – एपीएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपीएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (मधेश), विनय लिम्बु (त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपीएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपीएफ) र प्रतिमा राई (प्रदेश )

कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय