
२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएको छ ।
शुक्रबार बिहान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सकारले आन्तरिक ऋण परिचालनको लागत उच्च भएपछि बैंकहरुले राष्ट्र बैंकबाट लिने तरलता सुविधाको ब्याजदर घटाएको हो ।
‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत भनेको छ । यसअघि ८.५ प्रतिशत रहेको उक्त तरलता सुविधा अब ७ प्रतिशत ब्याजदरमा पाइने भएको छ ।
अन्तरबैंक ब्याजदर ४ प्रतिशतमा आउादा पनि बैंकहरुले राष्ट्र बैंकबाट पाइने तरलता सुविधाको ब्याजदर महाँगो भएको भन्दै सरकारी ऋणपत्रको ब्याजदर नघटाएपछि राष्ट्र बैंकले बैंक दर र नीतिगत दर र निक्षेप संकलन दर यथावत राख्दै ओभरनाइट तरलता सुविधाको ब्याजदर भने घटाएको छ ।
प्रतिक्रिया 4