
२७ माघ, काठमाडौं । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरू गरेको छ । २ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको आयोजना उपनिर्देशक प्रभाकरलाल कर्णले बताए ।
आयोजना उपनिर्देशक कर्णका अनुसार पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरु अस्थायी ‘प्रि–फ्याब’ कोठाहरु बनाएर सार्ने तयारी भइरहेको छ ।
रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसकेको आयोजना उपनिर्देशक कर्णले जानकारी दिए । ३४ करोड ६७ लाख रुपैयाँमा भवन पुनर्निर्माण गर्न सम्झौता भएको उनले बताए ।
आयोजनाले नै अब घण्टाघरको घडीलाई स्वचालित बनाउनका लागि पनि अध्ययन सुरु गरेको छ । आयोजना उपनिर्देशक कर्णले भने, ‘अहिले घण्टाघरको घडी एक जना व्यक्तिले गेयरहरु चलाउँदै आउनुभएको थियो । तर अब स्वचालित बनाउने अध्ययनको काम भइरहेको छ ।’
प्रतिक्रिया 4