+
+

सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १५:०२

२७ माघ, धनगढी । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ ।

शुक्रबार मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी भएको कांग्रेसका एक नेताले बताए ।

उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?