+
+

कानूनले काम गरेको भए हामीले मानेका नेताहरू जेलमा हुन्थे : सांसद भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १७:११

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए ।

उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए । उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टीलगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्‍यौं । तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे । नेपालमा कानूनले काम नै गरेन । आत्मसमर्पण गरे । यो एउटा पक्ष छ । हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ ।’

सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे । उनले युवाहरुमा अहिले आफ्नो पार्टीमा भएको चुनौतीको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?