२७ माघ, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले भारतसँगको मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका छन् ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टिमको प्रमुख प्रशिक्षकमा अनन्त थापालाई यसअघि नै नियुक्त गरिसकेको थियो ।
नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ ।
प्रतिक्रिया 4