+
+

सजावटको वस्तुदेखि फेसप्याकसम्म : अण्डाको बोक्राबाट बन्छन् यी पाँच कुरा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १४:०९

काठमाडौं । अण्डाको फाइदा हामी सबैलाई थाहै छ । त्यसैले हामीमध्ये धेरैले दैनिकजसो खानामा अण्डालाई समावेश गरिहेका हुन्छौं । हरेक पटक अण्डा खाँदा त्यसको बोक्रालाई भने फोहोरको रूपमा फ्याँक्ने गर्छौं ।

तर काम नलाग्ने भनेर फ्याँकिएको अण्डाको बोक्रालाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।

फेस प्याक

अण्डाको बोक्रालाई फेस प्याकको रूपमा प्रयोग गर्न सकिन्छ । अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ । जसले छालालाई चम्किलो बनाउँछ । अण्डाको बोक्रालाई राम्ररी सफा गरेर घाममा सुकाएर, सुकेपछि त्यसलाई मिक्स्चरमा पिसेर धुलो बनाउनुस् ।

अनुहारको छाला चम्किलो बनाउन चाहनुहुन्छ भने अण्डाको बोक्राको धुलोमा दुई चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस् ।  यो पेस्ट अनुहारमा लगाउनुहोस् र सुकेपछि मुख धुनुहोस् । यसो गर्नाले छालाको चमक बढ्छ ।

मलको रूपमा

अण्डाको बोक्रामा प्रशस्त मात्रामा प्रोटिन र क्याल्सियम हुन्छ, जुन बिरुवाको वृद्धिका लागि राम्रो सावित हुन सक्छ । अण्डाको बोक्रालाई राम्ररी सफा गरेर घाममा सुकाएर, सुकेपछि त्यसलाई मिक्स्चरमा पिसेर धुलो बनाउनुस् । त्यो धुलोलाई माटोमा मिसाएर तथा सिधै बोटबिरुवामा हाल्न सकिन्छ ।

हस्त शिल्प ‘क्राफ्ट’

अण्डाको बोक्रालाई फ्याँक्नुभन्दा त्यसबाट हामी विभिन्न सजावटका सामग्री बनाउन सक्छौं । अण्डाको बोक्राबाट सजावट सामग्री बनाउन त्यसमा रंग लगाउन सकिन्छ । अण्डाको बोक्रालाई सजावट सामग्री बनाउन आफ्नो रचनात्मकता प्रयोग गर्नुहोस् ।

पेटेन्ट अण्डाको बोक्रालाई रंगीचंगी टोकरी बनाउन सकिन्छ । सानो प्वाल मात्र बनाएर फुटाइएको छ भने त्यसबाट टोकरी बनाउन सजिलो हुन्छ ।

भाडा सफा गर्न

अण्डाको बोक्रालाई क्लिनरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यदि भाँडाकुँडामा कला चिल्लो फोहोर जम्मा भएको छ भने त्यसलाई सफा गर्न अण्डाको बोक्रालाई प्रयोग गर्न सकिन्छ । साबुनको झोलमा अण्डाको बोक्राको धुलो मिसाएर चिल्लो तथा डढेको भाँडालाई सफा गर्दा फोहोर र सजिलै जान्छ । साथै अण्डाको बोक्राको प्रयोग गरेर सिंक, बाथ टब र टाइलबाट पनि कडा फोहोर सफा गर्न सकिन्छ ।

सानो गमला

अण्डाको बोक्रालाई सानो गमलाको रूपमा पनि प्रयोग गर्न सकिन्छ । बोक्रालाई सानो प्वाल बनाएर फुटाएको छ भने त्यो अण्डाको बोक्रामा माटो भरेर त्यसमा साना–साना बिरुवा रोपेर सानो गमलाको रूपमा पनि प्रयोग गर्न सकिन्छ । अण्डाको बोक्रामा रोपेको बिरुवा राम्ररी हुर्कन्छ ।

मैनबत्ती

अण्डाको बोक्रामा मैन राखेर आकर्षक मैनबत्ती पनि बनाउन सकिन्छ । मैनबत्ती बनाउन अण्डालाई फुटाउँदा सानो गोलाकारमा फुटाउनुपर्छ  । त्यसलाई राम्ररी सफा गरेर त्यसमा धागो राखेर मैन पगालेर हालेर अण्डा आकारको मैनबत्ती बनाउन सकिन्छ । यसलाई सजावट सामग्रीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?