
२९ माघ, काठमाडौं। नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले सरकारी अनुदानकै रासायनिक मल समेत बिचौलियामार्फत खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो गाउँ मकवानपुर क्षेत्र नम्बर २ बिभिन्न प्रकारका मौसमी तथा बेमौसमी र अन्नबालीको पकेड क्षेत्र हो । मेरो गाउँका किसानहरु यतिबेला तपाईं र हाम्रालागि तरकारी र अन्न उत्पादन गर्न खेतबारीमा छन् । तर दुर्भाग्य उनीहरुले आवश्यक मल पाउन सकिरहेका छैनन् । सरकारी अनुदानकै मल बिचौलियाहरुमार्फत महंगोमा किन्नुपर्ने बाध्यता रहेको छ’ बर्तौलाले भने ।
यसका अलावा आफ्नो जिल्लाका मह, दूध उत्पादक किसानहरु र कुखुरा तथा खसीबोका व्यवसायीहरुले उत्पादन लागत अनुसार मुल्य नपाउँदा ‘किसानहरुको आत्मा रोइरहेको’ बर्तौलाले बताए । अविलम्ब यस्ता समस्याहरुको समाधान गर्न पनि उनले सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया 4