+
+

रक्षामन्त्री हरिप्रसाद उप्रेती र राजनाथ सिंहबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:५१

१ फागुन, काठमाडौं। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

भारतको बेङ्गालुरु कर्नाटकामा आजदेखि सुरू भएको ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा रक्षामन्त्री उप्रेतीले भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।

भारत सरकारको निम्तोमा उनी आइतबार त्‍यसतर्फ प्रस्थान गरेका थिए ।

मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?