
१ फागुन, काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।
बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।
अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।
प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।
आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् ।
उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् । थप विवरण आउन बाँकी छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4