
१ फागुन, काठमाडौं । काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको छ ।
आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा आगलागी हुँदा घटनास्थलमा प्रहरी भने देखिएका छैनन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।
सोमबार बालाजु, माछापोखरी, गोंगबु र सामाखुसी चोकमा उनीहरुको सडक अवद्ध गरेका थिए । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4