+
+

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुरको वीर अस्पतालमा सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते २१:२७

१ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले केही महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफर गरेका छन् । मन्त्रालय उच्च स्रोतका अनुसार स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारीबाट डा.सन्जयकुमार ठाकुरलाई हटाएको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका ठाकुरलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पठाइएको छ । जनरल हेल्थ सिर्भिसेस समूहका डा. ठाकुर लाई उनकै समुह अनुसार वीरको दरबन्दी पठाइएको हो ।

स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारीमा भने सार्क टिबी सेन्टरमा कार्यरत यशोधा अर्याललाई ल्याइएको छ । मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी कसलाई दिने भन्ने कुरा टुंगो लागेको छैन ।

उनीहरु दुवै पत्र भने बुझिसकेका छैनन् । `हिजो साँझ मन्त्री ज्युले जिम्मेवारी हेरफर गर्ने निर्णय गर्नुभएको हो । आज विदा परेकाले पत्र बन्न पाएन । भोलि पत्र बन्छ´ उच्च सोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?