२ फागुन, काठमाडौं । सन् २०२३ मा प्रिमियर लिगमा पहिलो जित हात पार्ने क्रममा लिभरपुलले मर्सिसाइड डर्बीमा एभरटनलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि मोहमद सालह र कोडी गाक्पोले गोल गरे ।
सालहले ३६औं मिनेटमा डार्विन नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा गाक्पोले गोल थपे । गोक्पोले ४९औं मिनेटमा गोल गर्दै लिभरपुलका लागि लिगमा डेब्यु गोल गरे ।
सिन डायसले प्रशिक्षण सम्हालेको पहिलो खेलमै एभरटनले लिग लिडर आर्सनललाई पराजित गरेको थियो । तर लिभरपुलसँग भने आफैं पराजित भयो ।
जितपछि लिभरपुलले अंकतालिकामा एक स्थान सुधार गर्दै चेल्सीलाई पछि पारेको छ । लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ । चेल्सी २२ खेलबाट ३१ अंकसहित दशौँ स्थानमा छ।
प्रतिक्रिया 4