
काठमाडौं । ‘सुपर बाउल हाफटाइम’ भनिने एक समारोहमा सांगीतिक प्रस्तुति दिन पपस्टार रिहानासँग अन्य योजना थिएनन् तर उनको उपस्थिति एउटा गज्जबको केमियो चाहिं अवश्य थियो ।
‘लिफ्ट मी अप’ गायिकाले स्टेजमा क्रिम रातो रंगको पोसाकमा प्रस्तुति दिएकी थिइन् । स्टाइलिस ज्याकेट र ब्रालेट पनि समावेश थियो । उक्त पोसाकमा ३४ वर्षीया गायिकाको बेबीबम्प पनि देखिएको थियो ।
रिहानाले स्याहारपूर्वक बेबीबम्प देखाउँदै प्रस्तुति दिएकी थिइन् जुन उनको चाँडै खुसी हुने कारण पनि हो । १३ मिनेट लामो प्रस्तुतिपछि उनका प्रतिनिधिले रिहाना दोस्रो पटक गर्भवती भएको पुष्टि गरे ।
गत मेमा रिहानाले प्रेमी असाप रकीबाट एक सन्तान जन्माएकी थिइन् । गत मार्चमा मिडियासँगको कुराकानीमा रिहानाले १० वर्षभित्र आफूले तीनदेखि चार सन्तान जन्माउन इच्छुक रहेको बताएकी थिइन् ।
तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4