+
+

युवापुस्ताले रुचाइरहेको बबल टी कसरी बनाइन्छ ?

समाश्‍वी आरएल राणा समाश्‍वी आरएल राणा
२०७९ फागुन ३ गते १५:१५

राम्रो वातावरण, स्वादिष्ट खाना र विशेष पेय पदार्थले जो कोहीलाई आकर्षित गर्छ । ग्राहकको यस्तै चाहना पूरा गर्न आजभोलि सहरमा नयाँ-नयाँ क्याफे खुलेका छन् । क्याफेका साथै अहिले ‘बबल टी स्टेसन’ पनि खुलेका छन् ।

‘बबल टी’ युवापुस्ताले पछिल्लो समय रुचाइरहेको पेय पदार्थ हो । कहिल्यै बबल टीको स्वाद नचाखेका व्यक्तिले पनि यसको बारेमा सुनेका हुन सक्छन् । पेय पदार्थमा चपाउन मिल्ने दाना समावेश हुनु यसको विशेषता हो ।

यो चियालाई पर्ल टी, ब्ल्याक पर्ल टी र बोबा टीको नामले पनि चिनिन्छ । बबल टी ताइवानी चिया हो जुन कोभिड अवधिमा धेरै लोकप्रिय भयो । त्यसयता यो बबल टीको क्रेज बढ्दै गएको छ ।

बबल टीमा सामान्यतया चियाको साथमा चपाउन प्रयोग हुने ‘ट्यापियोका मोती’ साबुदाना (बोबा) साना दानाहरू समावेश हुन्छन् । जुन ताइवानबाट नै ल्याइन्छ । त्यसलाई ब्राउन सुगरमा पकाएपछि त्यसको रंग कालो हुन्छ । मिल्क सेक तथा अन्य फ्लेभरको सेरपमा बोबा मिसाएर बबल टी तयार गरिन्छ । बबल टी धेरै प्रकारको हुन्छ । सामान्यतया कालो चिया, कफी र दूध समावेश हुन्छ । साथै आइसक्रिम र फल दुवै मिश्रित गरेर स्मुदी तयार गरिन्छ ।

बबल टी तरल पदार्थबाट बनेको हुन्छ, जसले गर्मी मौसममा शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्दछ । बबल टीमा क्याफिन समावेश हुन्छ, जसले तुरुन्त ऊर्जा बढाउँछ । बबल टीमा चिनीको मात्रा धेरै हुन्छ । यसको धेरै सेवनले वजन बढाउन, टाइप २ मधुमेह बढाउन सक्छ । त्यसैले यसको धेरै सेवन गर्नु भने उचित हुँदैन ।

बबल टी बनाउने तरिका

एउटा भाँडोमा पानी बसालेर ट्यापियोका बलहरू राख्नुहोस् । त्यसमा ब्राउन सुगर राखेर ३० मिनेट पकाउनुस् । त्यसपछि त्यो राम्ररी पाकेर बबलगम जस्तै च्यापच्याप टाँसिने भएपछि त्यसालाई ग्याँसबाट निकालेर ३० मिनेट सेलाउन राख्नुपर्छ । बजारमा ट्यापियोका बल किन्न पाइन्छ  ।

अब पकाएको ट्यापियोका मोतीलाई गिलासमा राख्नुहोस् । आफ्नो रुचिअनुसार सिरपले गिलासभित्र कोट गर्न सक्नुहुन्छ । त्यसपछि त्यसमा दूध र क्रिम राख्नुस् । यसमा आफ्नो इच्छाअनुसारको फ्रुट फ्लेभर पनि राख्न सकिन्छ ।

(राणा काठमाडौंको वसन्तपुरस्थित ‘यो बोबा’की सञ्चालक हुन् ।)

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?