
२ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनसँग छलफल गरेका छन् । मंगलबार मन्त्रालयको हलमा ५ ठूला कर्मचारी संगठनहरुसँग ऐनको विषयमा उनले छलफल गरेका हुन् ।
छलफलमा मन्त्री मोदीले निजामती ऐनमा बढुवा प्रणाली, प्रमुख प्रशासकीय अधिकृत, नायब सुब्बाको माग र ट्रेड युनियनहरुको विषयमा कर्मचारी संगठनहरुको राय लिएका थिए ।
मन्त्रालय स्रोतका अनुसार दुई साता भित्र संसदमा संघीय निजामती कर्मचारी सेवा ऐन टेबल गर्ने मन्त्री मोदीको तयारी छ ।
सोही अनुसार मन्त्रालयले पूर्वमन्त्री, पूर्वसचिव, पूर्वप्रशासकहरु, राजनीतिक दलका नेताहरुसँग छलफल गरिसकेको छ । अन्तिम चरण स्वरुप कर्मचारी युनियनहरुसँग छलफल गरेको मन्त्री मोदीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4