
२ फागुन, काठमाडौं । एयर इण्डियाले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग एकै पटक २५० वटा जहाज खरिदका लागि सम्झौता गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार दुई कम्पनीबीच यस्तो सम्झौता भएको हो ।
यस सम्झौतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन समेत उपस्थित थिए । यस डिललाई मोदीले ऐतिहासिक भनेका छन् । यसले भारतको नागरिक उड्डयन तर्फको सफलता र आकांक्षा दर्शाउने उनको भनाइ छ । उनले मुलुकको सुदूरभेगलाई हवाई उडानका माध्यमबाट जोड्ने अभियानमा भारत रहेको समेत बताए ।
यसले आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुगेको उननको भनाइ छ । भारतीय एभिएयसन क्षेत्रलाई आगामी १५ वर्षमा २ हजार भन्दा बढी एयरक्राफ्ट चाहिने उनले बताए ।
टाटा समूहका अध्यक्ष चन्द्रशेखरनका अनुसार एयर इण्डियाले किन्न लागेका २५० जहाजमध्ये ४० वाइडबडी र २१० न्यारोबडी छन् । सरकारी ध्जवाबाहक एयर इण्डियालाई अघिल्लो वर्षमात्र निजी व्यापारिक घराना टाटा समूहले अधिग्रहण गरेको थियो । त्यससँगै समूहले आक्रामक बजार विस्तार र जहाजहरु थप्ने काम गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4