+
+

लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय भवनको शिलान्याश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:१५

३ फागुन,बुटवल । लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन शुरु गरेको छ । भवनहरुको बुधबार मुख्यमन्त्री लिला गिरीले शिलान्याश गरेका छन् ।

प्रदेश सरकार स्थापना प्रवेशको छैठौं वर्ष प्रवेशको अवसर पारेर दाङको राप्ती गाउँपालिका–३ लालमटियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित १० वटा मन्त्रालय भवन शिलान्याश गरिएको हो ।

प्रदेश सभाले २०७७ असोज २० गते दाङको राप्ती उपत्यका क्षेत्रलाई स्थायी राजधानी बनाउने निर्णय गरेपनि साढे २ वर्षसम्म राजधानीका पूर्वाधार बनाउने काम सुरु हुन सकेको थिएन ।

प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले निर्माण कार्य कार्यान्वयन गर्नेछ ।

भवनहरु बनाउन शर्मा ÷सगुन जेभी काठमाडौंले ठेक्का पाएको छ । भ्याट बाहेक ३ अर्ब ९ करोड एक लाख २९ हजार रुपैयाँमा १० वटा भवनहरु बनाउने गरी गत मंसिर २८ गते ठेक्का सम्झौता भएको हो । २०८२ साल पुस २८ गते अर्थात तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ ।

भवन शिलान्याश गर्दै मुख्यमन्त्री गिरीले निर्धारित समयमै निर्माण पूरा गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यसमा स्थानीयको साथ हुनुपर्ने बताए । प्रदेश सरकारले राजधानीको गुरुयोजना अनुसार मन्त्रालय भवन र अन्य पुर्वाधार बनाउँदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?