
४ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत गएका छन् ।
पटनामा हुन लागेको भारतीय मार्क्सवादी लेनिनावादी लिबरेसन पार्टीको महाधिवेशनमा विशेष अतिथिको रुपमा सहभागी हुन खनाल भारत गएका हुन् ।
एकीकृत समाजवादीको विदेश विभाग प्रमुख समेत रहेका खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
दुई दिने भ्रमणका लागि भारत गएको खनालले नेतृत्वको टोलीमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, झलनाथ खनालको श्रीमती रवि लक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4