+
+

संसद कर्मचारी युनियनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले र सचिवमा माओवादी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १९:५२
संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासे

४ फागुन, काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले र सचिवमा माओवादी समर्थित उम्मेदवार निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । मतपरिणाम भने मिश्रित आएको छ ।

अध्यक्षमा कांग्रेस माओवादी प्यानलबाट चुनाव लडेका कांग्रेस समर्थित गोविन्द बेल्वासे ८६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले समर्थित विनोद न्यौपानेले ६० मत प्राप्त गरे । स्वतन्त्र रुपमा उठेका अध्यक्षमा अर्का उम्मेदवार विष्णु खड्का ३५ मत ल्याएर तेस्रो भए । कूल मतदाता २०२ थिए । त्यसमध्ये १८४ मत खसेको थियो ।

उपाध्यक्षमा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी भएकी छन् । सचिवमा माओवादी समर्थित सरस्वती रिजाल निर्वाचित हुँदा सहसचिवमा कांग्रेस समर्थित अर्जुन पौडेल विजयी भए । कोषाध्यक्षमा पनि माओवादी र कांग्रेसका साझा उम्मेदवार रामकृष्ण भेटवाल निर्वाचित भए ।

सदस्यहरुमा कांग्रेस र माओवादी समर्थित समर्थित सदन राई र सकुन्तला भट्ट निर्वाचित भए । बाँकी सदस्यहरुमा एमाले समर्थित बिनुका शेर्पा, समिर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?