५ फागुन, काठमाडौं । आउँदो सेप्टेम्बरमा चीनमा हुने हानझोउ एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै एसियन गेम्स फर रन आयोजना गरिएको छ ।
एसियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने छ ।
ओलम्पिक काउन्सिल अफ एसिया ओसीएको कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरबार स्क्वायरमा सम्पन्न भएको थियो ।
फन रन पाटन दरवार स्क्वारबाट सुरु भएर गा बहाल, पुल्चोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हु“दै फेरि पाटन दरवार स्क्वारमै आएर टुंगिएको थियो ।
दौडमा कमिटीसँगै युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षक, स्कुलका विद्यार्थी, पत्रकार र खेल प्रेमी गरेर ५०० बढीको सहभागिता थियो ।
प्रतिक्रिया 4