
५ फागुन, काठमाडौं । सरकारी साक्षी बनाएर अदालतमा पेश गरेकोमा उल्टो झुटो बकपत्र गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अख्तियारले सरकारी साक्षीको रुपमा पेश गरिएका समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्य विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इञ्जिनियर भोगेन्द्र प्रसाद साह पक्राउ परेको घुसको घटनामा मुछिएका थिए ।
अख्तियारले उनीहरुलाई अनुसन्धानका क्रममा सहयोग गरेको भनी सरकारी साक्षीका रुपमा पेश गरी सजाय छुटको प्रस्ताव गरेको थियो । अदालतमा पुगेपछि यथार्थ विवरण बताउनुपर्नेमा उल्टो बकपत्र गरेको भनी अख्तियारले तीनजनामाथि मुद्दा दायर गरेको हो ।
अख्तियारले समुद्र आचार्य र चिरञ्जिवी आचार्यमाथि २९ हजार घुस खाएको आरोप लगाएको छ । साथै रत्न प्रसाद आचार्यमाथि ८५ हजार घुस लिएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
प्रतिक्रिया 4