+

भारतसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता (तस्वीरहरू)

२०७९ फागुन  ७ गते १६:५९ २०७९ फागुन ७ गते १६:५९
भारतसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता (तस्वीरहरू)

७ फागुन, काठमाडौं । भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ ।

आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।

पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।

पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएकी गीता राना मगर भने ह्वील चियरमा आएकी थिइन् ।

 

महिला फुटबल
लेखक
आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय