
काठमाडौं । ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले नेपाली समयानुसार सोमबार बिहान लण्डनमा आयोजित बाफ्टा अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र गैरअंग्रेजीजस्ता शीर्ष विधामा जित हासिल गरेको छ । सात विधामा सर्वश्रेष्ठ बन्दै फिल्मले प्रतिष्ठित अवार्डमा दबदबा कायम गर्यो ।
विश्वयुद्धको कथा भन्ने यो फिल्मले गैरअंग्रेजीतर्फ कीर्तिमान रच्यो । यसअघि सन् १९८८ मा रिलिज भएको ‘सिनेमा पाराडिस्को’ले बाफ्टामा पाँच विधा जितेको थियो । कोलिन फरेल अभिनित ‘द बान्सिज अफ इनिसिरिन’ले दोस्रो उच्च संख्यामा पुरस्कार जित्यो जसमा सहायक अभिनयका विधाहरु छन् ।
बाफ्टामा उत्कृष्ट हुने फिल्मले आसन्न ओस्कार अवार्डमा समेत प्रभाव कायम राख्ने मूल्यांकन गरिन्छ । जसले गर्दा पनि विश्वभरका अवार्ड सर्किटमा बाफ्टालाई चासोपूर्वक हेरिने गरिएको छ ।
विजेताको सूची
सर्वश्रेष्ठ फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ अभिनेत्री : केट ब्ल्याचेट (टार)
सर्वश्रेष्ठ अभिनेता : अस्टिन बटलर (एल्भिस)
सर्वश्रेष्ठ निर्देशक : एडवर्ड वर्गर (अल क्वाइट अन द वेस्टर्न फ्रन्ट)
सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन : बेबिलोन-फ्लोरेन्सिया मार्टिन, एन्थोनी कार्लिनो
सर्वश्रेष्ठ बेलायती फिल्म : द बान्सिस अफ इनिसिरिन
सर्वश्रेष्ठ ध्वनि : अल क्वाइट न अद वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ ओरिजिनल स्कोर : अल क्वाइट न अद वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ भिजुअल इफेक्ट : अवतार द वे अफ वाटर
सर्वश्रेष्ठ मौलिक पटकथा : द बान्सिस अफ इनिसिरिन
सर्वश्रेष्ठ छायांकन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ सम्पादन : एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स
सर्वश्रेष्ठ कास्टिङ : एल्भिस
सर्वश्रेष्ठ सहायक अभिनेता : ब्यारी केओघन -द बान्सिस अफ इनिसिरिन
सर्वश्रेष्ठ सहायक अभिनेत्री : केर्री कोन्डोन -द बान्सिस अफ इनिसिरिन
प्रतिक्रिया 4