
काठमाडौं । विश्व प्रतिष्ठित बाफ्टा फिल्म अवार्डको समारोह नेपाली समयानुसार सोमबार बिहान बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । स्थानीय रोयल फेस्टिभल हलमा आयोजित समारोहमा हलिउड स्टारहरुको बाक्लो उपस्थिति रह्यो ।
बाफ्टा रेडकार्पेटमा बेलायती राजकुमार दम्पती विलियम र केट मिडल्टनेदेखि हलिउड अभिनेत्री मिसेल योहसम्मको सानदार उपस्थिति रह्यो ।
स्टारको पहिरन र शैलीले रेडकार्पेट फेसनको कुम्भसमेत बन्यो । बाफ्टा यसकारण पनि अर्थपूर्ण छ कि सर्वश्रेष्ठ पुरस्कार जित्ने फिल्मले यस वर्षको ओस्कार अवार्डमा बाजी मार्न सक्ने देखिएको छ । विश्वयुद्धमाथिको कथावस्तुमा आधारित फिल्म ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले सर्वश्रेष्ठ फिल्म र निर्देशन विधामा जित हासिल गरेको छ ।
रेडकार्पेटका आकर्षक तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4