+
+

अडानी समूहको बदमासी सार्वजनिक हुँदा नवीकरणीय ऊर्जा उत्पादनको मोदी महत्वाकांक्षामा धक्का

एजेन्सी एजेन्सी
२०७९ फागुन १० गते ७:५४

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकलाई हरित उर्जाको केन्द्र बनाउने महत्वांकाक्षा अघि सारेका थिए। सन् २०७० सम्म मुलुकलाई कार्बन न्युट्रल बनाउने महत्वांकाक्षा मोदीको थियो।  वायुमण्डलमा हरितगृह ग्यास थप्ने मुलुकको सूचीमा भारत विश्वकै तेस्रो मुलुक हो। तर मोदीले सन् २०७०सम्म यसलाई शून्य झार्ने घोषणा गरेका थिए।

सन् २०३० सम्म भारतले खपत गर्ने मध्ये ५० प्रतिशत  स्रोत नवीकरणीय ऊर्जाको हुने मोदीको प्रतिवद्धता थियो। मोदीको यो योजनाको लाभ विश्वकै तेस्रो तथा एशियाको सबैभन्दा धनी व्यक्ति गौतम अडानीले उठाए। हरित ऊर्जाका लागि ७० अर्क डलर लगानी गर्ने र सन् २०३०भित्र हरित ऊर्जाका लागि विश्वकै खलाडी बन्ने उनको योजना थियो।

अडानीले त्यस रकमलाई  हाइब्रिड नवीकरणीय ऊर्जा उत्पादन, ब्याट्री तथा सोलार उत्पादन, वायु ऊर्जा र हरित हाइड्रोजन उत्पादनमा लगानी गर्ने योजना बनाएका थिए।

मोदीको महत्वाकांक्षाबाट लाभ लिन अग्रसर अडानीलाई अहिले ठूलो झड्का लागेको छ। अडानीका कम्पनीहरूको अधिक मुल्यांकन गरिएको खुलासा भएपछि उनलाई झड्का लागेको हो । अमेरिकी अनुसन्धान कम्पनी हिडनवर्गले जनवरी २४ मा प्रतिवेदन सार्वजनिक गरेपछि अडानीमाथि लगानी गर्न तम्सिएका वित्तिय संस्थाहरूले लगानी नगर्ने घोषणा गरेका छन्।

अडानीले यो विषयलाई अस्वीकार गरेपनि लगानीकर्ताहरूले भने यो विषयमा झूठो ठहर नभएसम्म लगानी नगर्ने बताएका छन्। केही वित्तिय संस्थाहरूले अडानी समुहको धरौटी लिएर रकम निकासाका लागि अस्वीकार गरेका छन्।

अडानी समूहको योजनामा ४ अर्ब डलर लगानीको प्रतिवद्धता जनाएको फ्रान्सेली टोटल इनर्जीज कम्पनीले अडानी समूहमाथिको अभियोग झूठो रहेको प्रमाणित नभएसम्म लगानी नगर्ने बताएको छ। कम्पनीको अधिक मुल्यांकनबारे अडानी समूहका प्रवक्ताले बीबीसीले भनेका छन्- ‘हामी माथि लागेका आरुोप निराधार हुन्। हामीले कुनै पनि कम्पनीको अधिक मुल्यांकन गरेर लगानीकर्ताहरूलाई भ्रममा पारेका छैनौँ।’

विज्ञहरूले पनि अहिले वकिसित घटनाक्रमबाट नवीकरणीय ऊर्जा उत्पादनका लागि पर्ने असरबारे टिप्पणीको लागि हतारो हुने बताएका छन्। ‘हरित ऊर्जा उत्पादनका लागि ठूलो लगानी गर्न सक्ने अडानी समूहनै हो। अरू कम्पनीहरूलाइ लगानी जुटाउननै समस्या हुनसक्छ। यसले प्रधानमन्त्री मोदीको महत्वाकांक्षामा असर पुर्याएपनि नवीकरणी ऊर्जा उत्पादनको गतिलाई ठप्प भने पार्ने छैन,’ऊर्जा विज्ञ विभूती गार्ग भन्छन्।

कोइला अभावले समस्यमा पर्न सक्छ भारत

आगामी दशकमा भारतको ऊर्जा संक्रमण विश्वमा सबैभन्दा ठूलो हुनेछ।  १ अर्ब ४० करोड जनसंख्या रहेको भारतमा अहिले पनि ऊर्जाको संकट छ। भारतमा हरेक वर्ष लण्डन जत्रो सहर थपिन्छ। यस्तै औद्योगिकरण पनि बढिरहेको छ। यस्तै जलवायु परिवर्तनका कारणपनि गर्मी अत्यधिक छ।

यस्तै विजुली गाडीतर्फ बढ्दै गएको आषकर्षणले पनि ऊर्जाको माग बढ्ने निश्चित छ। भारतमा आगामी पाँच वर्षमा विद्युतको माग दोब्बरले बढ्ने निश्चित छ। भारत कोइला उत्पादन र उपभोगका लागि विश्वकै दोस्रो ठूलो मुलुक हो।

एक तिहाई ऊर्जा अझै पनि कोइलाबाट उत्पादन हुन्छ भने भारतले थर्मल प्लान्टको संख्या पनि थपिरहेको छ। आगामी दिनमा आवश्यक पर्ने ऊर्जाको स्रोत नवीकरणीय ऊर्जा बनाउने योजना भारतले बनाएको हो।

सन् २०७० सम्म हरित गृह ग्यास उत्सर्जन शू्यमा झरा्न भारतले सन् २०३० सम्म प्रत्येक वर्ष १ सय ६० अर्ब डल खर्चगर्नुपर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रतिवेदन छ। यो रकम हाल भइरहेको लगानीको तीन गुणा बढी हो।

अडानीका अलावा हरित ऊर्जामा अम्बानीको रिलायन्स समूहले पनि ८० अर्ब डलरको परियोजना अघि बढाएको छ। यस्तै टाटा ग्रुपले पनि यसका लागि योजन अघि सारिरहेको छ। भारतमा ऊर्जाको माग धान्नका लागि यसमा अझै लगानीगर्ता आवश्यक पर्ने विज्ञहरू बताउँछन्। ‘माग अनुसारको आपूर्तीका लागि अझै धेरै लगानीकर्ता आवश्यकता छ,’ विज्ञ अश्विनी स्वेन भन्छन्।

कम्तिमा पनि एक दर्जन ठूला लगानीकर्ता आवश्यक पर्ने उनको भनाइ छ।

के अडानी समूहले १ सय अर्ब डलरको क्षतीलाई पूर्ती गर्न सक्छ?

अडानी समूहमाथिको लगानी नआउने अवस्था अन्यका लागि अवसर हुने अष्ट्रेलियाका विज्ञ टिम बक्ली बताउछन्।’यो विषयले अरू लागनीकर्तालाई अवसर दिएको छ। घरेलु सीप र क्षमताको अधिक उपयोग गर्दै अन्तर्राष्ट्रिय लगानी भित्र्याउने अवसर उनीहरूलाई छ,’ टिमले भने।

भारतको ऊर्जा उत्पादनको क्षमता ४ सय गिगावाट छ। तर सन् २०३० सम्म  भारतले ५ सय गिगावट ऊर्जा उत्पादनको लक्ष्य राखेको थियो। यो ठूलो महत्वाकांक्षा हो। ऊर्जाको माग धान्न हालसम्म कोइला र पेट्रोलियम पदार्थमा निर्भर भारतका लागि यो लक्ष्य हाँसिल गर्न निकै चुनौतीपूर्ण छ।

ऊर्जा विज्ञ स्वेनका अनुसार भारतले अब कोइलाबाट ऊर्जा उत्पादन गर्न बन्द गर्दै नवीकरणीय स्रोततर्फनै ध्यान केन्द्रित गर्नुपर्छ। भारतमा सिँचाइको पाचौँ ठूलो मागको क्षेत्र सिँचाइ हो। सिँचाइका लागि सोलार प्रयो गर्नुपर्ने सुझाव गार्ग दिन्छिन् ‘नवीकरणीय उर्जामा भारतको प्रगति उल्लेखनीय छ

केही ढिलाइ र सुस्तता हुँदा यसले नवीकरणीय उर्जाको वृद्धिमा बाधा पुर्‍याउनु हुँदैन,” गार्ग भन्छिन्।

– बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?