+
+

विस्फोटक पदार्थ पड्किंदा पोखरामा २ बालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:४१

१० फागुन, पोखरा । पोखरामा विस्फोटक पदार्थ पड्किंदा २ बालक घाइते भएको पाइएको छ ।

घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो ।

घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको खड्काले बताए । ‘घाइतेहरुको अवस्था सामान्य नै छ । त्यसमध्ये एउटाको राति नै अपरेसन भएको छ, अर्को एकजनाको आज हुन्छ,’ उनले भने ।

विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता खड्काले भने, ‘ठ्याक्कै कहाँ कस्तो अवस्थामा विस्फोटक पदार्थ थियो भन्ने खुलेको छैन । तर, उनीहरुले नजिकैको झाडीबाट ल्याएको बताएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?