+
+

अभिनेत्री नम्रता श्रेष्ठ निफको सल्लाहकारमा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १६:४६

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छन् । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।

महोत्सवको क्रममा एक दर्जन रचनात्मक कार्यक्रम आयोजना हुने र ती सबै समारोहमा सल्लाहकारको रुपमा श्रेष्ठको सक्रियता हुने जनाइएको छ ।

२०६५ सालमा रिलिज भएको ‘सानो संसार’बाट अभिनय करिअर थालेकी श्रेष्ठको पछिल्लो फिल्म ‘जाइरा’ हो । अभिनयमा विविधिता चित्रण गर्ने अभिनेत्रीको रुपमा उनलाई स्मरण गरिन्छ ।

चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन् भने सदस्यहरुमा अभिनेता सुनिल थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?