
११ फागुन, काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई घरबाटै पक्राउ गरिएको जानकारी दिए ।
उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।
काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । भेटवाललाई केही वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4