+
+

दिलीपको हत्या गर्ने क्रसर उद्योगीलाई जन्मकैद, मतियारलाई साढे १२ वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:१४
दिलीप महतो र उनलाई ठक्कर दिने टिप्पर ।

१२ पुस, जनकपुरधाम । पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ ।

मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ ।

त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।

जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् ।

उनीहरुको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो ।

क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

२५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको निर्मम हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?